काभ्रेपलाञ्चोक/पाँचखाल–३ चापेपिपल भन्ने ठाउँमा टिपरले पैदलयात्री बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ ।
दिउँसो करीब सवा ३ बजे रविओपी हुँदै पाँचखालतर्फ आँउदै गरेको बाप्र०१–००४क १८४५ नम्बरको टिपरले ४ वर्षिया आरिका परियारलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको सुरुमा पाँचखाल पोलिक्लिनिक लगिएकोमा त्यहाँ उपचार हुन नसकी धुलिखेल अस्पताल रेफर गरिएको थियो ।
अस्पताल पुर्याएकी बालिकालाई अपराह्न साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटना गराउने टिपर चालक सुर्यबहादुर तामाङ र टिपरलाई तत्काल नियन्त्रणमा लिई पाँचखाल प्रहरीले जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित