चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव

दोलखा चेम्बर अफ कमर्स र होटल तथा पर्यटन व्यवसायी सङ्घको संयुक्त आयोजनामा महोत्सव भएको हो

दोलखा। आजदेखि यहाँ ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’ सडक खाना महोत्सव प्रारम्भ भएको छ । महोत्सवको नागरिक उड्डयन तथा पर्यटनमन्त्री बद्री पाण्डेले उद्घाटन गर्नुभएको छ ।

बहुभाषिक, बहुजातीय, बहुसंस्कार र बहुसंस्कृति भएको मुलुकको यो विविधताले विश्वमा नेपालको बेग्लै परिचय भएकाले यस्ता महोत्सवका माध्यमबाट आन्तरिक एवं पर्यटक आकर्षित गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।

देशको दिगो विकास सरकारको प्राथमिकता भएको बताउँदै विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

दोलखा चेम्बर अफ कमर्स र होटल तथा पर्यटन व्यवसायी सङ्घको संयुक्त आयोजनामा महोत्सव भएको हो । महोत्सव तीन दिनसम्म जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest


0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments