स्टार्टअप वर्ल्ड कप नेपालको ग्राण्ड फिनाले काठमाडौँमा हुने

प्रतियोगिताले नेपाली स्टार्टअपलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वर्ल्ड कपका दक्षिण एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा शम्भु पोखरेलले बताउनुभयो ।

काठमाडौँ। स्टार्टअप वर्ल्ड कप नेपाल–२०२५ को ग्राण्ड फिनाले यहीँ वैशाख ११ गते काठमाडौँमा हुनेभएको छ । प्रतियोगिताको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्लोबल फिनालेमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपालका उत्कृष्ट स्टार्टअपलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार र उद्यमशील व्यक्तिहरुसँग जोडेर उनीहरुको सञ्जाल विस्तारमा सहयोग गर्दै आएको छ । नेपाली स्टार्टअपको विश्व प्रतिस्पर्धी क्षमता अभिवृद्धि हुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशील बनाउने आयोजना विश्वास रहेको छ ।

प्रतियोगिताले नेपाली स्टार्टअपलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वर्ल्ड कपका दक्षिण एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा शम्भु पोखरेलले बताउनुभयो ।

फाइनलमा देशभरका प्रतिष्पर्धीबाट छानिएका १० उत्कृष्ट स्टार्टअपहरू प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्टमध्ये एउटा स्टार्टअपलाई नेपाल च्याम्पियन घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments