पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो
तनहुँ। तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–२ दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो ।
पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो । बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा आज साँझ व्यास नगरपालिका–१ स्थित मादीसेती घाट नजिक शव भेटिएको प्रनाउ थापाले बताउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित