नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) टोपबहादुर बस्नेतको मोटरसाइकल दुर्घटनामा आज मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका–४ स्थित मानपुरमा बस्नेतले चलाएको लु ७८ प ३८५० नं को मोटरसाइकल अनियन्त्रित भएर ट्रलीमा ठोक्किर दुर्घटना हुँदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगर निवासी ४५ वर्षीय बस्नेत कार्यालयको कामका लागि नेपालगञ्ज बजारबाट बर्दिया फर्कने क्रममा सो दुर्घटना भएको थियो ।
उहाँको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित