धुलिखेलमा युवा महोत्सव २०२५ सुरु, विभिन्न देशबाट आएका युवाहरुको बाहुल्य, पञ्चेबाजामा सबै झुमे

काभ्रेपलाञ्चोक/विश्व युवा महोत्सव २०२५ को संक्षिप्त स्वरुप ‘युवा महोत्सव’ विहीबार अपराह्नबाट काठमाडौं विश्वविद्यालयमा सुरु भएको छ ।

निर्माणाधीन सूर्यविनायक–धुलिखेल सडक खण्डका कारण उत्पन्न असहज अवस्था र चैत लागेसँगै मुलुकमा सुरु भएका विभिन्न आन्दोलनका कार्यक्रमहरुका कारण महोत्सवलाई चिटिक्क सानो र छरितो बनाइएको आयोजकको भनाई छ ।

युवा महोत्सवलाई जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले उद्घाटन गरेका थिए । सम्मेलनमा ५१ देशका डेढ सय सहित हजारौं नेपाली युवाहरु सहभागी छन् ।

Lahachhap

चैत्र १७ गतेसम्म आयोजना हुने महोत्सव अवधिभर जलवायु परिवर्तन, लैंगिक एकता, महिला सशक्तीकरण, वाक स्वतन्त्रता, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, राजनीति, लिडरसिप, स्थानीय खानालगायतका विषयमा बहस हुने आयोजकले जनाएको छ ।

उद्घाटनका अवसरमा सिन्धुली कला घरको विशेष पञ्चेबाजा प्रस्तुतिसमेत रहेको थियो । पञ्चेबाजाको तालमा सहभागी युवाहरु नाचमा झुमेका देखिन्थे ।

‘युवा महोत्सव’ फोटोमा हेर्नुहोसः

Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments