काभ्रे – बागमती प्रदेशकका मुख्यमन्त्री बहादुर सिं लामाले जिल्ला स्थित काभ्रे बहुमुखी क्याम्पसमा निर्मित स्पोर्टस् हलको उद्घाटन गरेका छन् ।
शनिबार एक कार्यक्रमका बिच मुख्यमन्त्री लामाले बनेपा नगरपालिकाको सहयोगमा काभ्रे बहुमुखी क्याम्पसमा निर्मित स्पोर्टस् हलको उद्घाटन गरेका हुन् । स्पोर्टस् हलको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले खेलकुदको क्षेत्रमा खासै लगानी नगरिएको र यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।
क्याम्पसमा निर्मित स्पोर्टस् हलले नगरमा धेरै खेलाडी उत्पादन गर्ने विश्वास रहेको बताउदै उनले भने, ‘खेलकुदको क्षेत्रमा पनि धेरै विकास गर्न आवश्य रहेको देखिएको छ, जसका लागि प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्नेछ ।’ कार्यक्रममा उनले खेलले मानिसलाई स्वस्थ्य र अनुसान बनाउने भएकाले सानै उमेरबाटै खेलकुदका क्रियाकलापमा सहभागी हुन पनि आग्रह गरे ।
कार्यक्रममा, बागमती प्रदेश सभाका सदस्य कञ्चन चन्द्र बादेले नगरपालिका र क्याम्पसको सहकार्यमा निर्माण गरिएको यस प्रकारको खेलको विकास कार्यले खेलाडीहरुलाई थप प्रोत्सहान मिल्ने बताए । जिल्लामा खेलकुद क्षेत्रको विकासको लागि प्रदेश सरकारबाट आवश्यक सहयोगका लागि आफूले पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
बनेपा नगरपालिकाको करिब ४० लाख सहयोगमा क्याप्समा स्पोर्टस् हल निर्माण गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए ।
नगरपालिकाले विकाससगै खेलकुदको विकासका लागि विभिन्न कार्य गर्दै आएको बताउदै उनले भने, ‘नगरले ब्याटमिन्टन, बासकेटबल, करातें लगायतका विभिन्न खेलका लागि खेलमैदान निर्माण गर्ने योजना बनाइरहेको छ, यसका लागि संघ र प्रदेशबाट सहयोगको अपेक्षा राखेका छौं ।’
कार्यक्रममा बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटाले खेलका लागि पूर्वाधार क्षेत्रमा धेरै विकास गर्न बा“की रहेको बताइन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित