काभ्रे बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेवि संघका रोहिन पराजुलीसहित सिङ्गो प्यानल नै विजयी

काभ्रेपलाञ्चोक/जिल्लाकै पहिलो पब्लिक क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका रोहिन पराजुली सभापतिमा विजयी भएका छन् ।

पराजुलीले १५३ मतातन्तरले अनेरास्ववियुका मिलन गौतमलाई पराजित गरेका हुन् । पराजुलीले २७२ मत पाए भने गौतमले ११९ मत पाए । कूल मत ३९६ खसेको थियो ।

यसैगरी, सचिव, कोषाध्यक्ष र ३ जना सदस्य पदमा पनि नेवि संघकै उम्मेदवार विजयी भएका छन् ।

बाँकी २ सदस्य पदमा अनेरास्ववियूका उम्मेदवारहरु विजयी भएका छन् ।

समानुपातिकतर्फ पनि नेवि संघले २५४ र अनेरास्ववियुले ११७ मत पाएको छ ।

हेर्नुहोस् अन्तिम परिणामः

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments