जनधनको क्षति कम गर्ने विषयमा प्राधिकरणको जोड रहने

काठमाडौँ/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले आज पदभार ग्रहण गर्नुभएको छ ।

कार्यकारी प्रमुख भट्टलाई निवर्तमान कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले प्राधिकरणमा स्वागत गर्नुभयो ।

प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै कार्यकारी प्रमुख भट्टले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका प्रयासमार्फत जनधनको क्षति कम गर्न आफ्नो जोड रहने बताउनुभयो ।

त्यसका लागि प्राधिकरणमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नेतर्फ आफ्नो ध्यान रहने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments