धुलिखेल/काठमाडौं विश्वविद्यालय (केयु) का नवनियुक्त उपकुलपति प्राडा अच्युतप्रसाद वाग्ले केन्द्रीय कार्यालय बखुण्डोल पुगेर पद बहाली गरेका छन् ।
केयुका कुलपति एवं प्रधानमन्त्री केपी ओलीबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ खाएलगत्तै केयुको केन्द्रीय कार्यालय बखुण्डोल पुगेर पद बहाली गरेका हुन् ।
सो अवसरमा केयुका वरिष्ठ कर्मचारीदेखि सहायकस्तरसम्मका कर्मचारीहरुले प्राडा वाग्लेको भव्य स्वागत गरेका थिए ।
नवनियुक्त उपकुलपति प्रा डा वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यबाहक उपकुलपति एवं रजिष्ट्रार थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित