मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् आपूर्ति गर्न आवश्यक संरचना परीक्षणका क्रममा सुरुङमा पानी चुहिने समस्या देखिएको थियो । हाल उक्त समस्या समाधानका लागि मर्मत तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ ।

एक सय दुई मेगावाट क्षमताको यो आयोजनाबाट जाडो महिनामा करिब ४० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । हिउँदमा विद्युत् आपूर्तिको सन्तुलन कायम गर्न यो महत्वपूर्ण हुने भएकाले प्राधिकरणले आयोजनालाई छिटो सञ्चालनमा ल्याउन ताकेता गर्दै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा मध्यभोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवासकुमार मिश्र सम्मिलित टोलीले शनिबार आयोजनास्थलको निरीक्षणसमेत गरेको छ । टोलीले प्रसारण लाइन, सबस्टेसन तथा निर्माण प्रगतिको अवस्थाबारे जानकारी लिएको हो ।

कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई दुई केभीमा चार्ज गर्न बाँकी कामहरू शीघ्र पूरा गर्न निर्देशन दिएको छ । टोलीले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कार्यको निरीक्षणसमेत गरेको छ ।

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने तामाकोशी–काठमाडौँ ४०० केभी प्रसारणलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रामेछापको नयाँ खिम्ती सबस्टेसनदेखि सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको प्रसारण लाइनमा सम्पूर्ण टावरहरू ठड्याइसकिएको छ भने करिब एक किलोमिटर तार तान्न मात्र बाँकी रहेको छ ।

हाल चार केभी प्रसारणलाइनलाई अस्थायी रूपमा २०० केभी क्षमतामा सञ्चालन गरी मध्यभोटेकोशीको विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने योजना बनाइएको छ । यसका लागि नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचनाहरू स्थापना गर्ने कार्य अघि बढाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको भूमिका महत्वपूर्ण हुने भएकाले दुवै आयोजना संवेदनशील रहेको उल्लेख गर्दै निर्माणलाई तीव्रता दिन निर्देशन दिनुभयो ।

मध्यभोटेकोशी आयोजनाको विद्युतगृहको स्विचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्म चार किलोमिटर २२० केभी प्रसारण लाइनको निर्माण पूरा भइसकेको छ । तामाकोशी र सुनकोशी नदी तथा तिनीहरूका सहायक खोलामा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण भइरहेको छ ।

बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनअन्तर्गत १२२ टावरमध्ये दुई वटाको मात्रै निर्माण बाँकी छ । साथै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण समेत सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

news

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

news

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels