सहमती नै गरेर मित्रवत भनेपछि ‘मित्रवत प्रतिस्पर्धा’ गर्दा मर्यादित हुने भएकाले नेविसंघको तर्फबाट कुनैपनि गतिबिधि नगरी अन्तरिक तयारीमा व्यस्त रहेको क्याम्पसका हालका स्ववियु सभापति युगेश्वर कायस्थले लाहाछापलाइ बताए
काभ्रेपलान्चोक / देशभरका विधार्थी संगठन यतिबेला चुनावी माहोलमा होमीएका छन् । स्वतन्त्र विधार्थी युनियन (स्ववियु) चुनावले सबै राजनीतिक दलका बिधार्थी संगठन आफ्ना प्यानललाइ जिताउन कस्सिएर ‘होमवर्क’ गरिरहेका छन्।
त्रिभुवन विश्वविधालयवाट सम्बन्धन लिएका क्याम्पसमा हुने स्ववियु निर्वाचनमा सत्ता समीकरणका आधारमा नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुले कतै समीकरण त, कतै प्रतिस्पर्धा गरिरहेका छन्।
काभ्रेपलान्चोकका अधिकांश क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन गरेका बिधार्थी संगठनले जिल्लाको पुरानो काभ्रे बहुमुखी क्याम्पसमा भने मित्रवत प्रतिपर्धा गर्ने निर्णय गरेको छ।
चैत्र ५ गते हुने उक्त निर्वाचन ‘मित्रवत’ भनिएपनि ‘पेचिलो’ बन्ने देखिएको छ। चुनावको मिति नजिकिदै जाँदा काभ्रे बहुमुखी क्याम्पसमा पछिल्ला गतिबिधिले नेपाल विद्यार्थी संघको पक्षमा माहोल भन्दै गएको बताइएको छ । जिल्लाको एउटामात्र कलेजमा हुदै गरेको निर्वाचनमा नेवि संघ र अनेरास्ववियुले आफ्नो हैसियत नाप्ने ‘मौकाको पर्व’को रुपमा लिएको छ।
नेवि संघको तर्फबाट सभापतिका लागि रोहिन पराजुलीले उमेद्वारी दिएका छन्। पराजुलीको टिमलाई जिताउन नेपाल बिधार्थी संघ काभ्रेका नेताहरु ‘कस्सिएर’ लागि परेका छन् ।
रोहिनको टिमबाट सचिवमा तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर, सन्ध्या गिरी र सुनिता गुँइत छन् । सन्ध्या र सुनिता नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्वियूका हुन् । काभ्रे क्याम्पसमा नेविसंघ र अनेरास्वियूले गठबन्धन गरेका छन् । समानुपातिकतर्फ सुवास दाहाल, सदिप श्रेष्ठ, सोभन दाहाल, विश्वनाथ घिमिरे, ब्रिजेन के.सी, अञ्जान श्रेष्ठ र सज्जन के.सी. धिताल छन् ।
काभ्रे बहुमुखी क्याम्पसमा यसअघि पनि नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका हुन् । २०३९ सालमा भएको निर्वाचनमा नेविसंघका मणिराज श्रेष्ठ, २०४९ सालमा अशोक शाक्य निर्वाचित भएका थिए । २०६५ सालमा भएको निर्वाचनमा नेविसंघका उपसभापति, सचिव, कोषाध्यक्ष र बहुमत सदस्यसहितको कार्यसमिति निर्वाचित भएको थियो ।
यता, एमाले निकट अनेरास्वियुका लागी काभ्रे बहुमुखी क्याम्पसमा स्ववियु जित्नु ‘आइरन गेट’ जत्तिकै हुने विश्लेषण छ। अखिलबाट उम्मेदवार बनेका मिलनकुमार गौतमले निर्वाचन कार्यतालिका नै च्यातेका छन् । आफ्नै संगठनका दुई उमेद्वारले अखिलको तर्फबाट दिएको भनिएको समानुपातिक उमेद्वारी फिर्ता लिएपछि आक्रोशित गौतमले निर्वाचन कार्यतालिका च्यातेपछि निर्वाचन समितिले स्पष्टीकरण नै सोधेको छ ।
सहमती नै गरेर मित्रवत भनेपछि ‘मित्रवत प्रतिस्पर्धा’ गर्दा मर्यादित हुने भएकाले नेविसंघको तर्फबाट कुनैपनि गतिबिधि नगरी अन्तरिक तयारीमा व्यस्त रहेको क्याम्पसका हालका स्ववियु सभापति युगेश्वर कायस्थले लाहाछापलाइ बताए। उनले भने ‘काभ्रे क्याम्पसमा नेविसंघको इतिहास फेर्न नसकिने देखेर कोहि अभद्र भयो भन्दैमा हामी पनि त्यतै तिर लाग्न हुन्न, मर्यादित र मित्रवत प्रतिस्पर्धामा गर्छौं, परिणाम पनि मित्रवत ढंगबाट नेविसंघको पक्षमा आउने छ।’
नेविसंघको जित सुनिश्चित देखेपछि हारको मानसिकताले निर्वाचन बिथोल्न खोजिएपनि संयमित ढंगबाट निर्वाचन सफल बनाउन लागिपर्ने नेविसंघका उम्मेदवार रोहिन पराजुलीले बताए । ‘‘शैक्षिक क्षेत्र बाहुबल प्रयोग गर्ने थलो होइन, यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भूमि हो भनेर वी.पी.कोइरालाले भनेका छन्,’ उनले भने, ‘हामी सम्यमतापूर्वक शैक्षिक वातावरण नविथोलिने गरी नेतृत्व स्थापित गर्न लागेका छौं ।’
स्वतन्त्र विधार्थी युनियनको आसन्न निर्वाचनमा काभ्रे जिल्लाका अधिकांश क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ। नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्वियु क्रान्तिकारी), अनेरास्ववियू र अखिल समाजवादी विच भएको सहमति अनुसार क्याम्पस भागवन्डासहित नेतृत्व चुनिएको हो ।
सहमति अनुसार नेपाल विद्यार्थी संघले चैतन्य क्याम्पसमा राजु लामा, इन्द्रेश्वरमा सुदिप कुँवर, मंगलजनविजय क्याम्पसमा युगबहादुर दमै, प्रकाश क्याम्पसमा नविन रिजाल र पार्वती बहुमुखी क्याम्पसमा प्रकाश श्रेष्ठको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत भएको नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकका सभापति अञ्जनराज खतिवडाले जानकारी दिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) ले कुशादेवी क्याम्पसमा मनिका हुमागाई, तेजगंगामा सुजन सापकोटा,जनकमा सञ्जीव गिरी, सर्वमंगलामा श्रीकृष्ण भट्टराई, धुलिखेल क्याम्पसमा स्वागत चापागाईको अध्यक्षतामा कार्यसमिति निर्विरोध भएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्वियु क्रान्तिकारी) बाट दाप्चा कृष्ण क्याम्पसमा सविन श्रेष्ठ, प्रभामा सुजन चौलागाई र सञ्वीवनी क्याम्पसमा दिपक रानामगरको अध्यक्षतामा कार्यसमिति निर्विरोध भएको छ ।
काभ्रे बहुमुखी क्याम्पसमा भने मित्रवत प्रतिस्पर्धा गर्ने सहमति नै बनेको थियो । सोहि सहमति अनुसार नेपाल विद्यार्थी संघले अध्यक्षमा रोहिन पराजुलीलाई उम्मेदवार बनाएको छ भने अनेरास्वियूको तर्फबाट मिलन गौतम अध्यक्षको उम्मेदवार छन् । दुइ संगठनको मित्रवत प्रतिस्पर्धा कस्तो हुने हो त्यो भने हेर्न बाँकि छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित