सम्मान र पुरस्कारसहित रोशी गाउँपालिकाले स्थापना दिवस मनायो

संविधानमा व्यवस्था भएबमोजिम गाउँपालिका स्थापना भएपछि जनप्रतिनिधहरु र कर्मचारीहरुको योगदानले नै आजको रोशी बनेको लामाको धारण थियो । अध्यक्ष लामाले पुरस्कृति हुने र सम्मानित हुने कर्मचारीहरुलाई हार्दिक बधाई व्यक्त गर्दै उत्कृष्ठ रोशी निर्माणमा कटिबद्ध भएर लाग्न आग्रह गरे

काभ्रेपलान्चोक । काभ्रे जिल्लाको रोशी गाउँपालिकाको ९औँ स्थापना दिवसको अवसरमा पाँच जना कर्मचारी पुरस्कृत भएका छन् । स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका कर्मचारीमध्ये कार्यसम्पादनमा उत्कृष्ठ काम गरेको भन्दै ५ जनालाई पुरस्कृत गरेका हुन् ।

गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट रोशी सेवा पुरस्कारबाट सूचना अधिकारी प्रकाश पौडेल, रोशी सेवा पुरस्कारबाट सिनियर अ.न.मी कल्पना कुमारी किंरिङ मगर, खानेपानी प्राविधिक जित बहादुर तामाङ, वडा नं. ६ की वडासचिव सुजता मैनाली र रोशी दीर्घ सेवा पुरस्कारबाट कर्मचारी कविराज मैनाली पुरस्कृत भएका छन् ।

उनीहरुलाई नगद १५ हजार, सम्मानपत्र, मेडल र दोसल्लाले सम्मान गरेका थिए । त्यसरी नै तहबृद्धि भएका कर्मचारीहरुलाई पनि दोसल्लाले सम्मान गरेका छन् । सातौँबाट आठौँमा बृद्धि भएका शिक्षा शाखा प्रमुख ठकुर प्रसाद दाहाल, पाँचौबाट छैठौँमा तह बद्धि भएकी आन्तरिक लेखापरिक्षक चन्द्रावती श्रेष्ठ, पाँचौबाट छैठौँ भएका वडा नं. २ का वडासचिव तोरण राना, चौथोबाट पाँचौ भएका मधुसुदन पन्थी, सुनिल शाही र सुनिता कुमारी बस्नेतलाई सम्मान गरेका हुन् । गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा र प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले दोसल्ला, मालाले सम्मान गरेका हुन् ।

Lahachhap

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले रोशी गाउँपालिकाका स्थापना कालदेखि सहयोग गर्ने महानुभावहरुलाई र पहिलो कार्यकालका जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । संविधानमा व्यवस्था भएबमोजिम गाउँपालिका स्थापना भएपछि जनप्रतिनिधहरु र कर्मचारीहरुको योगदानले नै आजको रोशी बनेको लामाको धारण थियो । अध्यक्ष लामाले पुरस्कृति हुने र सम्मानित हुने कर्मचारीहरुलाई हार्दिक बधाई व्यक्त गर्दै उत्कृष्ठ रोशी निर्माणमा कटिबद्ध भएर लाग्न आग्रह गरे ।

उपाध्यक्ष मिमबहादुर वाइबाले स्थानीय सरकारलाई अझै पनि संघ सरकारले नियन्त्रण गरीरहेको बताए । संघीय सरकारले हात खुट्टा बाधेर अधिकार दिएको वाईबाले बताए । प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले जनप्रतिनिधि र कर्मचारीहरु एक अर्कामा बिश्वास भएन भने अगाडि बढ्न नसकिने धारणा व्यक्त गरे । जनप्रतिनिधि र कर्मचारी नङ र मासुको सम्बन्ध भएको बताउदै एक आपसमा मिलेर काम गरेमा उत्कृष्ठ सेवा दिन सकिने बताए ।

रोशी गाउँपालिकाका प्रवक्ता वसन्त कुमार तामाङले जिल्ला र देशकै उत्कृष्ठ पालिका हुनेगरी काम गर्नुपर्ने बताए । जनप्रतिनिधि र कर्मचारी दुवैले आ–आफ्‌नो ठाउँबाट आफैलाई मूल्यांकन गरी नागरिकको सेवामा लाग्नुपर्ने धारणा व्यक्त गरे । बरिष्ठ लेखा अधिकृत दण्डपानी पौडेलले सञ्चालन गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहालले स्वागत मन्तव्य राखेका थिए ।

स्थापना दिवसको अवसरमा झण्डोत्तोलन, स्वास्थ्य परिक्षण र रक्तदान कार्यक्रम पनि भएको थियो । कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments