एनसेल नेटवर्कबाट प्राप्त ३५ लाख बराबरको रोयल्टी रकम गीतका स्रष्टा तथा सर्जकलाई दिइयो

संगीतकार अर्जुन पोखरेलले सबैभन्दा धेरै रकम ५ लाख ८८ हजार रुपैयाँ प्राप्त गरे

काठमाडौँ / विभिन्न गीतका स्रष्टा तथा सर्जकलाई ३५ लाख बराबरको संगीत रोयल्टी रकम वितरण गरिएको छ । संगीत रोयल्टी संकलन समाजले सोमबार आयोजना गरेको समारोहमा १०० भन्दा धेरै सर्जकलाई रोयल्टी बाँडिएको हो ।

डिजि-टेनमेन्ट नामक एग्रिगेटरमार्फत सन् २०१६ देखि २०१९ सम्म एनसेल नेटवर्कबाट प्राप्त रोयल्टी रकम बाँडिएको समाजले जनाएको छ । 

अर्जुन पोखरेल, राजनराज शिवाकोटी, श्रीकृष्ण बम मल्ल, आशिष अविरल लगायतका संगीतकर्मीले रोयल्टी रकम बुझेका छन् ।

संगीतकार पोखरेलले सबैभन्दा धेरै रकम ५ लाख ८८ हजार रुपैयाँ प्राप्त गरे । फेसबुकबाट प्राप्त हुने रोयल्टी रकम पनि चाँडै वितरण गर्ने संस्थाको योजना छ ।

पछिल्लो समय ‘रिङ ब्याक टोन’मार्फत हुने आम्दानी घट्ने क्रम रहेकाले यसबापत प्राप्त हुने रोयल्टी चाहिँ स्रष्टाले कार्यालयबाटै लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments