काठमाडौं/पर्यटकीय नगरी पोखरालाई कर्मथलो बनाउँदै आएका काभ्रेपलाञ्चोक कुशादेबीका युवा दुर्गाप्रसाद हुमागाईं लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘के’ का डिष्ट्रिक्ट गभर्नर बनेका छन् ।
पोखरामा शनिबार सम्पन्न लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘के’ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट १००% भोट पाएर हुमागाईं लायन वर्ष २०२५–२६ को डिष्ट्रिक्ट गभर्नर चुनिएका हुन् ।
बिगत १९ बर्षदेखी लायन्समा निरन्तर सक्रिय हुँदै आएका लिडर, लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष, समाजसेवी तथा युवा व्यवसायी हुन् ।
यस्तै, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी र सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा विष्णुहरि कुँयाल निर्वाचित भए ।
यस्तै, नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर हुमागाईंले लायन वर्ष २०२५–२६ लाई स्मरणीय वर्ष बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
पोखरामा भएको तेस्रो राष्ट्रिय महाधिवेशनबाट आफूलाई गभर्नरमा निर्वाचित गराएकोमा हुमागाईं र डिष्ट्रिक्ट फस्ट लेडी सरिता दाहाल हुमागाईंले अग्रज लायन लिडर र सम्पूर्ण लायनहरुमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।
तेस्रो राष्ट्रिय महाधिवेशनमा डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत १ हजारभन्दा बढी लायन्सको सहभागिता रहेको डिष्ट्रिक्ट गभर्नर लायन निरा बज्राचार्यले बताइन्।
लायन्स क्लब अफ पोखरा लेक सिटी, लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा समृद्धि महाधिवेशनको होस्ट थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित