कला प्रदर्शनी : एक हजार बढी कला पारखीद्वारा अवलोकन

काठमाडौँ/ नेपाल कला परिषद् बबरमहलमा ललितकलाकी कलाकार कृति शाह ‘चन्द’को दोस्रो एकल चित्रकला प्रदर्शनीको एक हजार बढी कलापारखीले अवलोकन गरेका छन् ।

यही फागुन १९ गतेदेखि सुरु भएर आज सकिएको उक्त प्रदर्शनीमा अग्रज कलाकार, प्राध्यापक, साहित्यकार, युवा तथा विद्यार्थीहरू गरी एक हजारले अवलोकन गरेको कलाकार शाहले जानकारी गराउनुभयो ।

उक्त प्रदर्शनीको अग्रज कलाकार तथा सयौँ कलाकार जन्माउन सफल शशिविक्रम शाहले पनि कला प्रदर्शनी अवलोकन गर्नुभएको थियो । आज समापनका अवसरमा कला अवलोकन गर्दै उहाँले भन्नुभयो, “पहिलो फिगरेटिभ बनाउँथिन्, अहिले अमूर्त कला बनाएकी रहिछिन्, निकै उत्कृष्ट लाग्यो, पहिलेको प्रदर्शनीभन्दा धेरै राम्रो र फरक पाएँ ।”

वरिष्ठ कलाकार शाहले अमूर्त कला बनाउन निकै गाह्रो हुने सुनाउनुभयो । “जे सोच्यो त्यही देखिन्छ, अमूर्त कलाको अभिव्यक्ति हेर्नेहरूको सोचाइमा भर पर्छ”, उहाँले थप्नुभयो ।

उहाँले कला राम्रो लाग्यो, पुग्यो भन्ने नै नहुने बताउँदै जति सकिन्छ सुधार गर्दै लैजानुपर्ने र हरेक पटक नयाँ हुने सुनाउनुभयो । उहाँले थप्नुभयो, “सिर्जना रोकियो भने राम्रो हुन्न, सिर्जना गरिरहनुपर्छ, रोकियो भने सन्तुष्टि हुँदैन । रोकिएपछि पालिस नै हुन्न, जति हिँड्यो उति फाइदा हो नि”, कलालाई सङ्गीतले ठूलो सहयोग गर्ने र शक्ति पनि दिने उहाँले सुनाउनुभयो ।

कलाकार कृति शाह चन्दले गएको वर्ष पहिलो कला प्रदर्शनी ललितपुरमा आयोजना गर्नुभएको थियो । यसपालि ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा ४५ कला समावेश गरी दोस्रो एकल चित्रकला प्रदर्शनी आयोजना गर्नुभएको हो । यहाँ प्रदर्शनीमा राखिएका एक दर्जन बढी कृतिहरू बिक्रीसमेत भएको उहाँले सुनाउनुभयो ।

उहाँका मूर्त र अमूर्त कलाहरू प्रदर्शनीमा राखिएका थिए । रङका तरङ्गले केही बोलिरहेको, सङ्गीत दिइरहेको र छालहरू छचल्किरहेका जस्ता देखिले सिर्जनाले कला पारखीलाई आकर्षित गराएको थियो । एक जना कलाकार उत्तम डङ्गोलले एउटा एकल प्रदर्शनीमा १०–१२ वटा सिर्जना बिक्री हुनु र एक हजार बढीले अवलोकन गर्नु आफैँमा सफल प्रदर्शनी भएको सुनाउनुभयो ।

कलाकार शाहले यो प्रदर्शनीमा मानिसको जीवन भोगाइलाई सिर्जनामा उतारिएको बताउनुभयो । समय परिस्थिति र वास्तविकताबीचको बेमेल र जीवनलाई समय र परिस्थितिसँग ढाल्दै अघि बढ्नुपर्छ भन्ने सन्देश यसले दिएको उहाँले बताउनुभयो ।

उहाँका सिर्जनामा अँध्यारोबाट उज्यालोको खोजी, माया, सांस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए । रङका तरङ्गहरूलाई उहाँले आकर्षक ढङ्गले प्रस्तुत गर्नुभएको थियो ।

कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा पूर्वराजदूत डा केदारभक्त माथेमा, अग्रज कलाकार राधेश्याम मुल्मी, वरिष्ठ कलाकार कृष्ण मानन्धर, वरिष्ठ साहित्यकार रोचक घिमिरे, ललितकला गुठीका संस्थापक स्मृति कर्माचार्य, वरिष्ठ कलाकार गोविन्द डङ्गोल, कवि विप्लव प्रतीकलगायतले आवलोकन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

news

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

news

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels