काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १७ वर्ष पछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका–२ घर भएका ४९ वर्षीय लक्ष्मण चौरसिया वरै भन्ने लक्ष्मण प्रसाद चौरसियालाई १७ वर्ष पछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।
चौरसिया समेत चार जना व्यक्तिहरूले २०६४ वैशाख २५ गते राति पर्सा साविक बहुअर्वा गाविस-५ बस्ने ढोडा मुखिया विनको गोली प्रहार गरी हत्या गरेको घटनामा वारदात पश्चात फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पर्सा वीरगंज महानगरपालिका(१६ बाट पक्राउ गरेको हो ।
साथै सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा लक्ष्मण प्रसादलाई सर्वस्व सहित जन्म कैद सजाय ठहर भएको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित