काभ्रे – काभ्रे बहुमुखी क्याम्पसको व्यवस्थापन र बनेपा नगरपालिकाके सहयोगमा नेपालमै पहिलो पटक सामुदायिक कलेजमा बिबिए र बिएस्सी सिएसआईटी सुरु भएको छ ।
राजर्षि जनक विश्वविद्यालयसँग स्वीकृत लिएर बनेपामा बिबिए र बिएसस्सी सिएसआईटीको कक्षा सुरु गरिएको हो । बनेपाको बुडोलमा यसै शैक्षिक सत्रबाट ती कक्षाहरु सुरु भएका हुन् । काभ्रे जिल्लाको बनेपामा नै स्नातक तहमा कम्प्युटर साइन्स र विबिए पढाई हुने भएको हो ।
राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले व्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (विएससी सिएसआइटी) र व्याचलर अफ विजनेस एड्मिनिस्ट्रेसन (विविए) को ८ सेमेष्टरको ४ बर्षे कोर्ष सञ्चालन गर्न लागेको हो ।
राजर्षी जनकले नाफारहित सामुदायिक क्याम्पस बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीलाई अस्थायी स्विकृती दिएको छ । काभ्रे बहुमुखी क्याम्पसकै व्यवस्थापनमा सोही परिसरमा सञ्चालन हुने कलेजले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
काभ्रे बहुमुखी क्याम्पसमार्फत नै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ती बिषय पढाउन प्रयास गरेपनि सम्बन्ध नपाएपछि कलेज पुर्ण सरकारी स्वामित्वको राजर्षीबाट सम्वन्धन लिएर सुरुवात गरिएको प्रीन्सिपल केजि वैदारले जानकारी दिए ।
कलेज संचालक समितिका अध्यक्ष कन्चनचन्द्र वादेले शुलभ शुल्कमा प्राविधिक शिक्षा दिने उद्देश्यका साथ सामुदायिक क्याम्पस स्थापना गरिएको भन्दै सबैको साथ सहयोगको अपेक्षा गरे । व्याचलर इन इञ्जिनियरिङ (सिभिल) को कक्षा सञ्चालन गर्न पनि कलेजले प्रस्ताव गरको छ ।
विहिवार आयोजित कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले नगरका नानीबाबुले पढ्न पाउन भन्नको लागी कलेजलाई सधैं सहयोग गर्ने बताए । उनले नगरका विभिन्न विद्यालयमा प्राविधिक बिषयको पढाई थालिएको बताए ।
काभ्रे बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष लम्वोदर कायस्थले काभ्रे क्याम्पस र बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी एकै भएपनि प्रक्रियागत रुपमा फरक भएको बताए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित