स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक : मन्त्री पौडेल

मैले बिमा चल्दैन भनेको होइन । अहिलेकै अवस्थामा बिमालाई चलाउने हो भने राज्यले थेक्न सक्दैन”, मन्त्री पौडेलले भन्नुभयो, “नागरिक आधारित बिमा बनाउनुपर्दछ । अहिलेको बिमाबाट सबैको उपचार गर्न असम्भव छ

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिलेको अवस्थाबारे स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न समस्या रहेको बताउनुभएको छ ।

आज बसुन्धारामा रहेको महेन्द्रनारायण निधि अस्पतालको पुनःसेवा शुभारम्भ गर्दै उहाँले अहिलेको अवस्थामा स्वास्थ्य बिमा कार्यक्रमलाई सञ्चालन गर्ने हो भने राज्यले थेक्न नसक्ने भन्दै बिमा कार्यक्रमलाई पुनः संरचना गर्न आवश्यक रहेको बताउनुभयो ।

विसं २०८० असारमा बन्द भएको अस्पताल नयाँ व्यवस्थापनमा पुनःसञ्चालन आएको हो ।

मन्त्री पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरे मात्र सबै नागरिकको उपचार सम्भव हुने बताउनुभयो । उहाँले आफूले स्वास्थ्य बिमा चल्दैन भनेको नभई अहिलेको प्रणालीबाट सञ्चालन गर्न समस्या हुने मात्र बताएको बताउनुभयो ।

“मैले बिमा चल्दैन भनेको होइन । अहिलेकै अवस्थामा बिमालाई चलाउने हो भने राज्यले थेक्न सक्दैन”, मन्त्री पौडेलले भन्नुभयो, “नागरिक आधारित बिमा बनाउनुपर्दछ । अहिलेको बिमाबाट सबैको उपचार गर्न असम्भव छ ।” उहाँले स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पौडेलले बिमा सञ्चालन गर्नका लागि नियमित आम्दानी हुने सुरक्षित कोष बनाउनुपर्नेमा जोड दिँदै सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषजस्ता स्वास्थ्यका कार्यक्रमलाई स्वास्थ्य बिमामा गाभ्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारी, कर तिर्ने मानिसको र बिमा गरेवापत सङ्कलन भएको रकमले बिमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले राष्ट्रिय परिचयपत्र, राहदानी लिँदा अनिवार्य स्वास्थ्य बिमा गरेको हुनुपर्ने बताउनुभयो । उहाँले प्रमाणीकरण भइसकेका मिर्गौला र पार्किन्सन रोगका लागि पाँच लाखसम्मको उपचारको व्यवस्था बिमा कार्यक्रमबाट गरिन थालेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले अस्पतालको नाम महेन्द्रनारायण निधिसँग जोडिएकोले छुट्टै सन्देश हुने भन्दै अस्पताल समितिसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले महेन्द्रनारायण निधिले मधेशी जनताको अधिकार प्राप्तिका लागि लडेको र कुनै स्वार्थमा नविकेको व्यक्ति भएको बताउनुभयो ।

कार्यक्रमममा नेपाली काङ्ग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अस्पताल सञ्चालनमा कतिपय कठिनाई भएको पनि पुनः नयाँ व्यवस्थापनमा अस्पताल सञ्चालन आएको खुशी व्यक्त गर्नुभयो ।

अस्पतालका निर्देशक डा.विनोद अर्यालले अस्पताललाई क्यान्सर अस्पतालको रूपमा विकास गर्नका लागि पुनः अस्पताल सञ्चालन गरिएको बताउनुभयो । उहाँले मधेश र पहाडलाई जोड्ने सेतुको रूपमा अस्पताल रहने जानकारी गराउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रेम थापाले आफ्नो वडामा २६ वटा सरकारी र नीजि अस्पताल सञ्चालन रहेको भन्दै पुनः सञ्चालनमा आएको यस अस्पतालले बिरामीलाई राम्रो सेवा दिनुपर्ने बताउनुभयो ।

सभासद् विना ज्ञवालीले अस्पतालले बिरामीको भावनालाई बुझेर उपचार गर्नुपर्ने बताउनुभयो । अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले नयाँ व्यवस्थापनका साथ अस्पताल अहिले सय शैय्यामा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “हामीले अहिले नयाँ व्यवस्थापनका साथ अस्पताल सञ्चालनमा ल्याएको छौँ । अहिले ३० जना कर्मचारीबाट अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गरेका छौँ” उहाँले भन्नुभयो, “विस्तारै कर्मचारी थप्दै जाने र अस्पताललाई सय शैय्याको पूर्ण रूपमा सञ्चालन गर्ने छौँ ।”

अस्पतालले आजदेखि निःशुल्क बहिरङ्ग सेवा सञ्चालन गरेकोछ । अस्पतालका प्रशासन प्रमुख शोभा श्रेष्ठले जनरल, मिर्गौलाको डायलासिस, सिटी स्क्यान, बच्चाको उपचार सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।

महेन्द्रनारायण निधि मेमोरियल सहकारी संस्थाबाट पुनःसञ्चालनमा ल्याइएको अस्पतालले अहिले नर्सिङ कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ । सोही अवसरमा अस्पतालको प्राङ्गणमा रहेको महेन्द्रनारायण निधिको शालिकमा स्वास्थ्य मन्त्री पौडेल र कांग्रेसका पूर्वउपसभापति निधिले माल्यार्पण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

news

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

news

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

news

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn