अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताउनुभएको हो ।

चितवन / नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा काँग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरुप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन ।” फरक प्रसङ्गमा बोल्दै उहाँले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रुपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको उहाँले बताउनुभयो । सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उहाँको भनाइ छ ।

पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उहाँले बताउनुभयो । अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन भएको भन्दै उहाँले अब अधिवेशन तिर लागौँ अदालत तिर होइन भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments