बागमती प्रदेश सरकारले बढायो गाडी भाडा

काठमाडौँ/संघीय सरकारले अन्तरप्रदेशका रुटमा चल्ने सवारी साधनको भाडादर समायोजन गरेसँगै बागमती प्रदेशसमा पनि सोही अनुसार भाडा समायोजन गरेको छ ।

यो काठमाडौँ उपत्यकाभित्र र काठमाडौँबाट बागमती प्रदेशभित्रका सहर-बस्तीमा सञ्चालन हुने सवारी साधनका लागि समायोजन गरिएको भाडादर हो ।

प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेसँगै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनमा भाडा वृद्धि कार्यान्वयनमा आएको हो। विद्युतीय सवारी साधनमा भने तत्काल भाडा बढाइएको छैन।  

नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्र यात्रुवाहक सवारीमा २५.९६ प्रतिशत भाडा वृद्धि गरिएको छ। उपत्यका बाहिरका सवारीमा १७.३५ प्रतिशत, ट्याक्सी सेवामा १२.३९ प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशतसम्म भाडा बढाइएको छ।

मन्त्रालयका अनुसार बजार मूल्यको उतारचढाव, इन्धन मूल्य वृद्धि र सञ्चालन लागत बढेका कारण भाडा समायोजन गरिएको हो। यसअघि लागू भाडा दरलाई पुनरावलोकन गर्दै नयाँ दर निर्धारण गरिएको बताइएको छ।

एक प्रदेशभित्रको भाडादर प्रदेश सरकारले नै तोक्ने नियम छ ।  यसअघि अन्तर प्रदेश भाडा दर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।

हेर्नुहोस् भाडादर सूची : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments