काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नयाँ सरकार गठन भए लगत्तै गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो ।
चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल र ३ हजार ९ सय ४५ रुपैयाँ प्रतिक्विटल मूल्य निर्धारण गरिएको हो । यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो ।
१८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ । गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ ८ पैसा वृद्धि भएको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित