सबै संसदीय समिति गठनसम्बन्धी प्रस्ताव सदनबाट पारित

काठमाडौँ / प्रतिनिधि सभाको बैठक सुरु भएको नौ दिनभित्रै संघीय संसद अन्तर्गतका सबै संसदीय समितिहरू गठन भएका छन्।

संघीय संरचना अनुसार संसदमा कुल १६ वटा विषयगत समिति रहने व्यवस्था छ, जसमा राष्ट्रिय सभातर्फका चार समिति यसअघि नै गठन भइसकेका थिए। प्रतिनिधि सभाअन्तर्गतका १० विषयगत समितिसहित दुई संयुक्त समितिको गठन प्रक्रिया भने शुक्रबार सम्पन्न गरिएको हो।

उक्त दिन बसेको प्रतिनिधि सभाको बैठकमा सबै समितिहरू गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएपछि सदनले अनुमोदन गरेको छ। यससँगै संसदीय कामकारबाहीलाई व्यवस्थित रूपमा अघि बढाउने संरचना पूर्ण रूपमा कार्यान्वयनमा आएको मानिएको छ।

हेर्नुहोस् संसदीय समितिहरू र नामावलीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments