
काठमाडौं / प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज भएको उपसभामुखको निर्वाचनमा रुवीकुमारी निर्वाचित भएकी हुन्।
उनले राप्रपा उम्मेदवार सरस्वती लामालाई पराजित गरेकी छन्। आज उपस्थित २५७ मध्ये रुबीकुमारीको पक्षमा २१५ सांसदले मतदान गर्दा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्।

रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस र नेकपाले समर्थन थियो। एमालेका २५ सांसद तटस्थ बसेका थिए। तटस्थमा ३७ मत सकेको थियो।
यससँगै रुवी नेपालकै कम उमेरकी उपसभामुख बन्न सफल भएकी छन्। उनको उमेर जम्मा २५ वर्ष रहेको छ।
आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसाद उपस्थित थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित