‘खोजी भएको बेला उपस्थित हुनेगरी’ सरकारी वकिलको सहमतिमा ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको बताइएको छ।
काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो ।
‘खोजी भएको बेला उपस्थित हुनेगरी’ सरकारी वकिलको सहमतिमा ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको बताइएको छ।
भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित