राष्ट्रियसभा बैठकः भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग

काठमाडौँ / राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गीता देवकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिकी प्रभावित भएकाले कृषिमा लगानी बढाई आत्मर्भिरताका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद धर्मेन्द्र पासवानले सप्तरीमा गत फागुन ३० गते एक महिलामाथि भएको बलात्कार र हिंसा प्रकरण सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै न्यायका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मीनासिंह रखालले कर्णाली क्षेत्रमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना हुँदा पनि समृद्धिमा पछाडि परेकाले आवश्यक लगानीका लागि आगामी बजेटमा व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद रेखाकुमारी झाले कृषि खेतीबालीका लागि समयमै मल, बीउ र अन्य आवश्यक सामग्रीको व्यवस्था गर्न र कृषिमा हानि पुर्याउने वन्यजन्तुको व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद ललितजङ्ग शाहीले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न र मुलुकमा सुशासनका लागि प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सोमनाथ पोर्तेलले दलित समुदाय आर्थिक, सामाजिकलगायत क्षेत्रमा पछि परेको उल्लेख गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरी विशेष कार्यक्रम घोषणा गर्न माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments