जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी / गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् ।

गुल्मीदरबार गाउँपालिका–४ वीरबाससस्थित मिसुकामा लु१च ४९०६ नम्बरको जिप आज दुर्घटना भएको हो । दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय कृष्ण ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गा सारुले जानकारी दिनुभयो ।

घाइतेमध्ये तीन वर्षीया चाया ढेंगाबाहेक अन्यलाई थप उपचारका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments