उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका सहप्रवक्ता अनन्त कोइरालाले जानकारी दिनुभयो ।
काठमाडौँ / राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ।
सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उहाँलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो । उहाँको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी हुनुहुन्थ्यो ।
उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका सहप्रवक्ता अनन्त कोइरालाले जानकारी दिनुभयो ।
निर्वाचित भएको घोषणा सोमबार सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा हुनेछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित