काठमाडौँ /प्रधानमन्त्री बालेन्द्र शाहलाई चीनले बधाई सन्देश दिएको छ। नेपालस्थित चिनियाँ दूतावासमार्फत सार्वजनिक गरिएको सन्देशमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन चीन तयार रहेको उल्लेख गरेका छन्।
सन्देशमा परम्परागत मित्रता कायम राख्दै व्यवहारिक सहकार्यका क्षेत्रहरूलाई अझ विस्तार र मजबुत बनाउनेतर्फ दुवै देशबीच सहकार्य अघि बढाउन चाहना व्यक्त गरिएको छ।
चिनियाँ पक्षले नेपाल सरकारसँग मिलेर पारस्परिक हितका आधारमा सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता समेत जनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८३ बैशाख २ गते