बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी रूपमा बन्द गरेको प्रमुख ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न पहल गर्ने भएका छन् ।
उनीहरूले यस हप्ता करिब ३० देशहरूको वार्ताको अध्यक्षता गर्ने बेलायती सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।
रक्षा अधिकारीलाई उद्धृत गर्दै ‘द गार्जियन’ ले भनेको छ, “चिफ अफ डिफेन्स स्टाफको बैठक यसै हप्ताको अन्त्यमा हुनेछ। म निकट भविष्यमा ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने पहलका लागि कुनै न कुनै प्रकारको सुरक्षा सम्मेलन हुने अनुमान गर्दछु।”
द टाइम्सले ती अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “बेलायतले दक्षिणी पोट्र्समाउथ वा लन्डनमा शिखर सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको छ ताकि विवरण तयार गर्न र गठबन्धन निर्माण गर्न सकियोस्।”
सम्मेलनले जलमार्गको ‘अवस्था सही हुनेबित्तिकै पुनः खोल्न सकिन्छ’ भन्ने सुनिश्चित गर्ने विश्वास गरिएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित