ज्येष्ठ सांसदको हैसियतमा अर्जुननरसिंह केसीले लिए शपथ

काठमाडौं/ प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेसको समानुपातिक तर्फबाट निर्वाचित भएका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतल निवासमा आयोजित शपथ समारोहमा उनले सबैभन्दा ज्येष्ठ सांसदको हैसियमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

संविधानमा प्रतिनिधि सभा सदस्यको सबैभन्दा ज्येष्ठ सांसदले राष्ट्रपति समक्ष शपथ ग्रहण गरी उनैले बाँकी निर्वाचित सबै सांसदलाई शपथ खुवाउने व्यवस्था रहेको छ। सोही बमोजिम आज शपथ लिएका केसीले भोलि बाँकी २७४ जना सांसदलाई शपथ खुवाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments