अस्पतालजन्य हानीकारक फोहर व्यवस्थापनका लागि कामनपाले प्रसूति गृहलाई २ करोड रुपैँया अनुदान दियो

काठमाडौँ /काठमाडौँ महानगरपालिकाले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा हानीकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न २ करोड रुपियाँ अनुदान प्रदान गर्ने भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी बिच अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौताबमोजिम अस्पतालबाट उत्पादित हानीकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्धन केन्द्रबाट उत्पादित हानीकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ । अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहर व्यवस्थापन स्थलमा ट्रस निर्माण कार्यका लागि खर्च गर्न पाउनेछ । सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य हुनेछ । 

सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँमा हानीकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डबमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनु पर्ने अवस्था रहेको बताउनुभयो । यो सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ हुनेछ । उहाँको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments