राप्रपाले समानुपातिक सांसद बन्ने ४ जनाको नाम सार्वजनिक गर्यो

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समानुपातिक सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुङ्गो लगाएको हो ।

समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

को–को समेटिए ?

१. भरत गिरी– खस आर्य पुरुष– महोत्तरी
२. ताहिर अली– मुस्लिम पुरुष– रुपन्देही
३. खुस्बु ओली– खस आर्य महिला– झापा
४. सरस्वती लामा– जनजाति महिला– धादिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments