नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रयासरत छौँ : मुख्यमन्त्री बानियाँ

बागमती/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रको सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

मकवानपुरको बकैया गाउँपालिकास्थित बिपी स्मृति आधारभूत अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभयो ।

पछिल्लो समय हेटौँडा अस्पतालमा देखिएका समस्या समाधान गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै स्वास्थ्य संस्थामा औषधि तथा उपकरणको अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

गरिबका छोराछोरीलाई डाक्टर बन्न प्रदेश सरकारले छात्रवृत्ति लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री बानियाँले उपचारको अभावमा कुनै पनि नागरिकलाई ज्यान गुमाउनुुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

सङ्घीय सरकारको रु छ करोड ५८ लाख ९९ हजार १७६ लागतमा निर्माण भएको उक्त अस्पताल भवनको मुख्यमन्त्री बानियाँले उद्घाटन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments