काठमाडौँ / प्रत्यक्षतर्फ ३ क्षेत्रमा जित हासिल गरेको हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पनि तीन लाख मत कटाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार श्रम संस्कृति पार्टीले अहिलेसम्म तीन लाख ४ हजार ६२९ मत प्राप्त गरेको छ।
समानुपातिकतर्फ प्राप्त मतमा श्रम संस्कृति नेकपाभन्दा पछि पाँचौँ स्थानमा छ।
प्रत्यक्षमा १२४ सिट जितिसकेको रास्वपाले समानुपातिकतर्फ अहिलेसम्म ४१ लाख ६५ हजार भन्दा धेरै मत प्राप्त गरेको छ।
त्यसैगरि काँग्रेसले १३ लाख ९२ हजार मत प्राप्त गर्दा एमालेले ११ लाख ७६ हजार भन्दा धेरै मत पाएको छ।
राप्रपाले समानुपातिकमा २ लाख ८२ हजारभन्दा धेरै मत प्राप्त गर्दा जसपाले १ लाख ३२ हजार र रापपाले १ लाख २६ हजार मत पाइसकेका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित