सिराहा-२ मा रास्वपाका शिवशंकर यादव विजयी

सिराहा /सिराहा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिवशंकर यादव विजयी भएका छन्।

२६७४७ मतअन्तरले शिवशंकर विजयी भएका हुन्। उनले ३९५६१ मत प्राप्त गरेको निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिए।

उनका अनुसार शिवशंकरको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र यादवले १२८१४ मत प्राप्त गरेको छन्।

त्यस्तै नेकपा एमालेका नवीन यादव ६ हजार ७१३ मतसहित तेस्रो स्थानमा छन्। नेपाली कम्युनिस्ट पार्टीका मुक्ति नारायण सिंहले ३ हजार ६८० मत प्राप्त गर्दै चौथो छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments