धादिङ-२ बाट रास्वपाका बोधनारायण श्रेष्ठ विजयी

धादिङ/प्रतिनिधि सभाको निर्वाचनमा धादिङ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन्। 

निर्वाचन आयोगका अनुसार, श्रेष्ठ ५ हजार ९६६ मतान्तरले विजयी भएका हुन्। उनले २६ हजार १४५ मत प्राप्त गरेर विजयी भएका हुन्। 

उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका रमेशप्रसाद धमलाले २० हजार २७९ मत प्राप्त गरेका हुन्। 

तेस्रो नम्बरमा रहेका नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर भण्डारीले ९ हजार ३६ मत प्राप्त गरेका छन्। राप्रपाका सुरेश रिजालले १ हजार ५०४ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments