एमाले अध्यक्ष ओलीलाई भारी मतले हराउँदै झापा–५ मा रास्वपाका बालेन्द्र शाह विजयी

झापा/झापा जिल्लाको क्षेत्र नम्बर-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार बालेन्द्र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै रास्वपाका वरिष्ठ नेता शाह विजयी हुनु भएको हो । 

अन्तिम मत परिणाम घोषणा हुनुअघि मतगणनास्थल र वरिपरि कडा सुरक्षा व्यवस्था गरिएको थियो । बालेन्द्रले ओलीको भन्दा करिब चार गुणा बढी मत पाउनु भएको छ ।  उहाँले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभयो ।उहाँहरुबिचको मतान्तर ४९ हजार ६१४ रहेको छ ।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३ मत प्राप्त गर्नुभयो । यस्तै कांग्रेसकी मन्दरा चिमरियाले १८ सय २१ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १५ सय ३६ र नेपाली कम्युनिस्ट पार्टीका रन्जित तमाङले १४ सय ६१ मत पाउनु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments