सुर्खेत— १ मा कांग्रेसका खड्का विजयी

कर्णाली/सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो ।

यहाँ शाहीले १८ हजार ८९०, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले १४ हजार ७२९ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले दुई हजार ८२८ मत प्राप्त गर्नुभएको भएको छ ।

यस निर्वाचन क्षेत्रमा १३ दलका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । एक लाख २२ हजार ९०२ मतदाता रहेको यस क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो । यहाँ दुई हजार ३९३ मत बदर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments