विश्वप्रकाश शर्माले भने : ‘पराजयको सम्पूर्ण दोष बोक्न तयार छु’

काठमाडौँ / नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी आफूले लिन तयार रहेको बताएका छन् ।

निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मुलुकको नेतृत्व गर्ने गरी जनमत दिएको स्वीकार गर्दै शर्माले काँग्रेसलगायतका मूलधारका दलहरूप्रति जनताको विश्वास किन गुम्दै गयो भन्ने विषयमा गम्भीर समीक्षा हुने बताएका हुन् ।

उनले तत्कालीन महामन्त्री र हालको नेतृत्वको रूपमा पार्टीलाई रूपान्तरण गर्न नसकेको कमजोरी आफूले स्वीकार गर्ने स्पष्ट पारे । 

शर्माले निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई बलियो बनाउन मतदान गर्ने सम्पूर्ण मतदातालाई काँग्रेस पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरे । पार्टीले विशेष महाधिवेशनमार्फत आफूलाई बदलेको सन्देश जनतामा लिएर जाने प्रयास गरे पनि त्यसका लागि पर्याप्त समय नपाएको उनको गुनासो छ । 

विशेष महाधिवेशन सकिएको ५० दिन पुग्दा नपुग्दै निर्वाचनमा जानुपरेको उल्लेख गर्दै उनले काँग्रेसको अवस्थालाई ’इन्जुरी टाइम’ मा मैदानमा उत्रिएको खेलाडी र भर्खरै अस्पतालबाट डिस्चार्ज भएर रेस्लिङ खेल्न पठाइएको बिरामीसँग तुलना गरेका छन् ।

उनले यी सबै प्रतिकूलताका बाबजुद जनतालाई बुझाउन नसकेकोमा आत्मालोचना गर्दै पार्टीलाई रूपान्तरण गरेरै छोड्ने दृढता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments