सिन्धुली–२ मा रास्वपाका गजुरेल विजयी

सिन्धुली/प्रतिनिधिसभा सदस्य निर्बाचन अन्तर्गत सिन्धुलीको निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेद्वार आशिष गजुरेल विजयी बन्नुभएको छ । 

उहाँले १७ हजार ९४० मत प्राप्त गरि विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार विजयी गजुरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार लेखनाथ दाहाल(राजन)ले १४ हजार ७८० मत प्राप्त गर्नुभएको छ । 

नेकपा (एमाले)का मनोजजंग थापाले ११ हजार ६०६ र नेपाली काँग्रेसका शुशिला थिङ्ले ६ हजार ७६० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै स्वतन्त्र उमेद्वारी दिनु भएका नेपाली काँग्रेसका वागी उमेद्वार खड्गबहादुर वाईवाले ४५८ र अर्का स्वतन्त्र उमेद्वार (नेकपाका बागी) का महेश्वर दाहालले ५८६ मत प्राप्त गर्नु भएको छ ।

यो निर्वाचन क्षेत्रमा विजयी गजुरेल सहित १६ जना उमेद्वार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा थिए । मुख्य निर्बाचन अधिकृत कमलराज विष्टले शनिबार नै विजयी गजुरेललाई प्रमाणपत्र प्रदान गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments