प्रतिनिधिसभा निर्वाचन

सप्तरी-४ मा रास्वपाका सिताराम साह विजयी

सप्तरी/सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सिताराम साह विजयी हुनुभएको छ । 

उहाँ ३६ हजार ४ सय १२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित हुनुभएका साहका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गर्नुभयो । 

काँग्रेसका उम्मेदवार चौधरी सप्तरी क्षेत्र ४ बाट यसअघि तीन पटक लगातार निर्वाचित भएर मन्त्री बन्नुभएको थियो । 

उहाँसँगै नेपाली काँग्रेसको राजनीतिमा रहनु भएका साह नेपाली काँग्रेसका त्यस क्षेत्रका क्षेत्रीय सभापति रहनुभएको थियो । चुनावअघि काँग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गर्नुभएका साहले २३ हजार ३ सय ९ मतको फराकिलो मतान्तरले चौधरीलाई पराजित गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments