रुपन्देही/रुपन्देही क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.लेखजंग थापा विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गरे ।
थापाले ५८ हजार ८१४ मत ल्याउदा गुरुङले जम्मा ८ हजार ४३५ मत मात्रै ल्याएका छन् । यस्तै, नेक एमालेका बाशुदेव घिमिरेले ८ हजार २७८ र राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत पाए । डा. थापा न्युरो रोग विशेषज्ञ हुन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित