प्रतिनिधिसभा निर्वाचन

कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी

कैलाली /कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै विजयी भएकी हुन् ।

ज्ञवाली १७ हजार ८६२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार कैलाली–१ मा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन् ।

यस्तै चौथो भएका नेकपा एमालेका उम्मेदवार द्वारिकलाल न्यौपानेको पक्षमा चार हजार ४९३ मत आएको छ ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments