काभ्रे–२ मा रास्वपाका बदन भण्डारीको ठूलो अग्रता, अन्तिम परिणाम नजिक

काभ्रेपलाञ्चोक / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रे निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्म ८५ हजार ७८३ मत गणना भइसकेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गणना भएका मतमध्ये ८१ हजार ७८६ मत सदर भएका छन् भने ३ हजार ९९७ मत बदर भएका छन्।

हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदन भण्डारी ४४ हजार ८३१ मतसहित स्पष्ट अग्रस्थानमा रहेका छन्।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १४ हजार २४३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार अशोककुमार व्याञ्जुले ११ हजार ३१२ मत पाएका छन्।

यसैगरी नेकपाकी उम्मेदवार बसुन्धरा हुमागाईँले ६ हजार २६५ मत प्राप्त गरेका छन्।

अब मण्डनदेउपुर नगरपालिकाको मतगणना हुन बाँकी रहेको छ। सो मतगणना सम्पन्न भएपछि काभ्रे–२ को अन्तिम परिणाम घोषणा गरिने निर्वाचन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments