प्रतिनिधिसभा सदस्य निर्वाचन

भक्तपुर-२ मा रास्वपाका राजीव खत्री ३४ हजार ७ सय मतले विजयीःएमालेका महेश बस्नेत ८ हजार ३ सय मतमै सीमित

भक्तपुर/भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार राजीव खत्री ३४ हजार ७ सय २ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हेभीवेट उम्मेदवार महेश बस्नेतलाई ठूलो मतान्तरले पराजित गरे ।

बस्नेतले जम्मा ८ हजार ३ सय ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार कवीर राना ७ हजार ३ सय २१ मतमा खुम्चिएका छन् ।

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) ले जित हासिल गरेका हुन् ।

शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार भक्तपुर क्षेत्र नम्बर १ र २ दुवैमा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments