प्रतिनिधिसभा सदस्य निर्वाचन

बझाङमा एमालेका महरको जित

बझाङ/बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी भएका छन् । उनी १८ हजार ४१५ मतका साथ विजयी भएका हुन् ।

उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १६ हजार २९ मत पाए ।

तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले ९ हजार ७४८ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्रकुमार सिंहले ९ हजार २३४ मत पाएका छन् ।

महर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार थिए । उनी तत्कालीन गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग उनी ९९८ मतको झिनो अन्तरले पराजित भएका थिए ।

उनी ०७६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments