प्रतिनिधिसभा सदस्य निर्वाचन

रुपन्देही–४ मा रास्वपाका बनियाँ निर्वाचित

रुपन्देही/रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गर्नुभयो ।

सो निर्वाचन क्षेत्रमा कूल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments