स्याङ्जा/स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएका छन् । हालसम्म काँग्रेस र एमालेले आलोपालो जित्दै आएको यो ठाउँमा पहिलो पटक जितको रेकर्ड तोडिएको हो ।
रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत पाए ।
नेकपा एमालेका उम्मेदवार मीन प्रसाद गुरुङले १६ हजार ८ सय ४ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरेको १ हजार ५ सय ५२ मत आयो ।
स्याङ्जा १ मा सबै दलहरूको मत खुम्चिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित