बस र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

सिन्धुली/सिन्धुलीको विपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा बस र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार मृत्यु हुनेमा सिन्धुली गोलन्जोर गाउँपालिका २ बित्तिजोर भङ्झ्याङ घर भई हाल कमलामाई नगरपालिका ६ धुराबजार बस्ने ३४/३५ वर्षीय चन्द्र श्रेष्ठ रहेको छन् ।

Lahachhap

उहाँका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका स्कुटर चालकलाई उपचारको लागि तत्काल सिन्धुली अस्पतालमा ल्याईएकोमा चेकजाँच पश्चात दिउँसो साढे १ बजेको समयमा उनलाई डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए ।

आज बुधबार १२.५५ बजेको समयमा काठमाण्डौंबाट मरिण तर्फ जान आउँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र सिन्धुलीबाट चियाबारीतर्फ जांदै गरेका ज १०.प.९२३ नम्बरको स्कुटर आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुई वर्षअघि नेपाली सेनाबाट पेन्सन लिएर अवकाश प्राप्त गरेका श्रेष्ठले धुराबजारमा साबुन कारखाना सञ्चालन गर्दै आएका थिए। जागिर छाडेलगत्तै उनले साबुन उद्योग सुरु गरेको उनका भतिज सागर श्रेष्ठले बताए।

श्रेष्ठ आज मतदान गर्न गाउँ जाने क्रममा उनको स्कुटरलाई बसले ठक्कर दिएको थियो। बस गलत दिशाबाट आएर ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनास्थलमै मृत्यु भएका श्रेष्ठको शव हाल सिन्धुली अस्पतालमा राखिएको छ। भोलि निर्वाचन भएकाले आज कुनै छलफल हुन नसकेको पीडित पक्षले जनाएको छ। निर्वाचन सम्पन्न भएपछि छलफल गर्ने आश्वासन प्रहरीले दिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार चालक सिन्धुली हरिहरपुरगढी गाउँपालिका ५ बस्ने ४१ बर्षीय राज कुमार माझि र बसलाई नियन्त्रणमा लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments